राष्ट्र बैंकद्वारा नयाँ पुर्नकर्जा कार्यविधि जारी, यस्ता छन् नयाँ व्यवस्था


 



काठमाडौं, साउन ७
नेपाल राष्ट्र बैंकले नयाँ पुनरकर्जा कार्यविधी २०७७ जारी गरेको छ । राष्ट्र बैंकले गत हप्ता चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै पुनकर्जाको सीमा बढाउनेलगायतका घोषणा गरेको थियो । सोही अनुसार साविकको कार्यविधिलाई परिमार्जन गर्दै नयाँ कार्यविधि ल्याइएको हो ।

मौद्रिक नीतिमा भनेअनुसार पुर्नकर्जा कोषको सिमा ५ प्रतिशतले बढाउने गरिने कार्यविधि ल्याइएको छ । तर, कोरोनाको असर कम हुदैं गएपछि त्यो सिमा घटाउँदै लैजाने कार्यविधिमा उल्लेख छ । यस्तै घरेलु, साना तथा मझौला उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनकर्जा गरेर तीन प्रकारको पुर्नकर्जा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

साधारण पुर्नकर्जामा ग्राहकलाई तीन प्रतिशत व्याजदर तोकिएको छ भने अन्य पुर्नकर्जामा पाँच प्रतिशत व्याजदर निर्धारण गरिएको छ । पुर्नकर्जाको अवधी भने १ वर्षको मात्रा हुने बताइएको छ ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा रु ५ करोड हुनेछ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।

यस्तै, राष्ट्र बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा रु।२० करोडसम्म हुनेछ । यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने बताइएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्