साताको अन्तिम दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड


 



काठमाडौं, साउन ९
नेपाली बजारमा आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज पनि सुन तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार आठ सय पुगेको छ । सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ५० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्