सुनको मूल्य निरन्तर बढ्दै, आज पनि नयाँ रेकर्ड


 



काठमाडौं, साउन ११
सुनचाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ । यसक्रममा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार तीन सय पुगेको छ ।

शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको भाउ पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्