भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित फेला


 



काठमाडौं, साउन १२
भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा सोमबारको  यो तथ्यांक अहिलेसम्मकै धेरै हो । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए । भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएको छ । योसङ्गै सोमबार बिहानसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्