प्रचण्ड विरुद्ध सडकमा बाबुराम


 


baburam-bhattarai

काठमाडौं, असोज १४

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदीसँगको भेटपछि जारी गरेको २५ बुँदे संयुक्त वक्तव्यको विरोधस्वरुप नयाँ शक्ति नेपालले प्रदर्श गरेको छ ।

राजधानीको भद्रकालीमा शुक्रबार दिउँसो सुरु भएको प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई लगायतका नेताको उपस्थिति थियो ।

नेपाललाई भुटानीकरण गर्ने २५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्य, पञ्चायतकालीन इलाकालाई गाउँपालिकामा रुपान्तरण गरी संघीयताको मर्मलाई समाप्त पार्न खोजेको, दैनिक उपभोग्य सामानको कृत्रिम अभाव, मंहगी ,कालो बजारी, र यातायात क्षेत्रको सिण्डिकेटको विरोधमा प्रदर्शन गरेको प्रवक्ता खिमलाल देवकोटाले जारी गरेको प्रेस नोटमा भनिएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्