सुनको मूल्य अत्याधिक, आज पनि ह्वात्तै बढ्यो


 



काठमाडौं, साउन १२
नेपाली बजारमा आज सुनको मूल्य थप बढेको छ । सुन आज तोलामा एक हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि एकै दिन तोलामा अहिलेसम्मकै धेरै वृद्धि भएको छ । आज चाँदी तोलामा एकै दिन ५५ रुपैयाँ रुपैयाँ बढ्दै प्रतितोला १२ सय १० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्