ओली सरकारको एक्सनले डरायो भारत, दार्चुलाका सिडिओ भन्छन्: कालापानी क्षेत्रमा हाम्रो बलियो उपस्थितिले भारतीयहरु आत्तिए


 


काठमाडौं । भारतको दादागिरीविरुद्ध इतिहासमै पहिलोपटक केपी शर्मा ओली नेतृत्वको दुईतिहाईको बलियो सरकार मैदानमा उत्रिएको छ। भारतका सबै रणनीतिलाई ओलीले फेल पारिदिएका छन्। अब त यस्तो भइसक्यो कि भारत हगुल्टोले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ। अर्थात नेपालभित्र कुनै कदम चाल्दा त्यसको डर भारतीयहरुमा देखिन थालेको छ। जसलाई हालसालैको पत्रले पुष्टि गरेको छ।

धारचुलाका उपजिल्ला अधिकारी (एसडीएम) अनिलकुमार शुक्लाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई पत्र लेखेका छन्।

पिथौरागढका डिएमलाई बोधार्थ गरिएको पत्रमा विभिन्न नेपाली गुट/समूह मिडियाको ध्यानाकर्षण गर्न र दुबै राष्ट्रका प्रशासनको परेशानी बढाउन ‘भारतीय क्षेत्र’ गुञ्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गर्न चाहेको सूचना विशेष सुत्रमार्फत प्राप्त भएको उल्लेख गर्दै नेपाली प्रशासनलाई कुनै सूचना प्राप्त भए तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।

पत्र पाएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले केन्द्रमा पनि रिपोर्टिङ गरिसकेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले पत्रको जवाफ चिन्ता नलिनु भनेर दिइसकेको बताए। नेपाली भूमिमा नै नेपाली नागरिक घुसपैठ गर्न लागिएको भनेर सूचना मागेपछि नेपाली अधिकारी आश्चर्यमा परेका छन्। यसलाई भारत साँच्चै तर्सिएको अनुभूति भएको अधिकारीहरुको भनाई छ।

कालापानीमा नेपाली सुरक्षाकर्मीलाई त जान नदिएको अवस्थामा नेपाली नागरिक जान सम्भव नभएको र यो भारतको त्रसित मानसिकताको उपज भएको सहायक सिडिओ कुँवरले टिप्पणी गरे।

नेपाली भूभागमा भइरहेको विकसित घटनाक्रमबाट आत्तिएर भारतीय अधिकारीले निहुँ खोजेको कुँवरको बुझाई छ।

छाङरु सीमा सशस्त्रको बीओपी स्थापना भयो। कालापानीतिर गस्ती गयो। सेनाले छाङरु तिंकर घोडेटो बाटो बनाइरहेको छ। हेलिकोप्टरबाट खाद्यान्न ढुवानी भइरहेको छ। नेपालतिर राज्यको उपस्थिति बलियो भएपछि आत्तिएर निहुँ खोजेको सहायक सिडिओ कुँवरले बताउँछन्।

सरकारले नेपाली भूमि कालापानी, लिपुलेकदेखि र लिम्पियाधुरालाई नयाँ नक्सामा हालेर सार्वजनिक गरेपछि भारत मौन छ। वार्ता गर्न पनि मानिरहेको छैन। अरु बेला ठूल्ठूला कुरा गर्ने भारतमा ओली कालमा नरेन्द्र मोदीको बोल्ती बन्द भएको छ।

नक्सा सार्वजनिक गरेको नेपालले पछिल्लो समय यी क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ।

प्रकाशित मिति: १२ श्रावण २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्