सुनको मूल्य तोलाका ९८ हजार माथि, चाँदीको पनि बढ्दै


 



काठमाडौं, साउन १३
नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ । सुन आज तोलामा थप सात सय रुपैयाँ बढ्दै प्रतितोला ९८ हजार दुई सय रुपैयाँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय ४५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्