वामदेवको यूटर्नः नेकपामा समिकरण फेरिने संकेत



काठमाडौं, साउन १३

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको समीकरणमा फेरबदलको संकेत देखिएको छ ।

यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपीतिर लागेका छन् ।

यससँगै ९ सदस्यीय सचिवालयमा अब प्रचण्ड(नेपाल पक्षका ५ र ओली पक्षमा चार नेता भएका छन् । तर ओली पक्षले भने गृहमन्त्री रामबहादुर थापा पनि यता रहेको दाबी गरेका छन् । यसो भएमा नेकपा सचिवालयमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको पक्षमा बहुमत पुग्नेछ ।

गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।

नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News