स्वास्थमन्त्री गगन थापाले गरे डा. केसी सँग भेट,के भने भेटमा



gagan-thap-nd-govindakc

काठमाडौं,असोज १४

पाँच दिन देखि अनसन बसिरहेका डा.गोविन्द केसीसँग उनकै अनसनस्थल टिचिङ अस्पताल पुगेर स्वास्थमन्त्री गगन थापाले शुक्रबार साँझ भेट गरेका छन् ।

भेटमा मन्त्री थापाले डा.केसीले राखेका मागहरु पुरा गर्नेतर्फ सरकारले चालेको कदमहरुबारे जानकारी दिँदै माग पुरा गर्नेतर्फ प्रगति भइरहेको बताए ।

डा. केसी अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने लगायतका विभिन्न माग राख्दै पाँच दिन देखि आफ्नो नवौं पटकको अनसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News