एसईईको नतिजा मङ्गलबार सार्वजनिक हुने


 



काठमाडौं, साउन १६

एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मङ्गलबार सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसईईको परीक्षा नलिएको  विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो  ।

आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय ९कक्षा १०० का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए ।

यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ । एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस पठाउन सकिने छ । त्यसैगरी विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्