कोरोनाबारे डब्लूएचओको आपतकालीन बैठक, निकाल्यो यस्तो निष्कर्ष




काठमाडौं, साउन १८
कोरोना भाइरसको संक्रमणबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठक सम्पन्न गरेको छ ।

डब्लूएचओ कोरोनालाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि बैठक गरेको हो । बैठकपछि डब्लूएचओका प्रमुख डा। टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन् ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो ।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ । ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ । जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ’, डब्लूएचओका प्रमुख डा। टेड्रोसले भने, ‘साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ ।’

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News