मृत्युपछि युवतीमा कोरोना पुष्‍टि, एकै जिल्लामा १३ जनाको मृत्यु


 



वीरगञ्‍ज, साउन २१
पर्सामा एक युवतीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत सोमबार मृत्यु भएकी १८ वर्षीया युवतीको स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

सुरुमा पखाला लागेर त्यसपछि अवस्था जटिल बन्दै गएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनी पर्साको पोखरिया बस्दै आएकी थिइन् । योसँगै कोरोना संक्रमणबाट पर्सामा मात्र १३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्