‘म कुनै पनि गुटमा लाग्दिनँ’


 


काठमाडौं, साउन २१
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् ।

मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले यस्ताे बताएका हुन्। उनले भने,’ म कुनै पनि सानो ठूलो गुटमा लाग्दैन।’

‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो । उपाध्यक्ष क. वामदेव गौतमले ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष क. प्रचण्डलाई बिदा गर्नुभयो’ सहयोगी विश्वमणि सुवेदीले गौतमको तर्फबाट स्पष्टिकरण दिँदै फेसबुकमा लेखेका छन् ।

गौतमले आफू कुनै निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको बताएका सुवेदीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: २१ श्रावण २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्