भारतमा फेला परे सबैभन्दा धेरै कोरोना संक्रमित, अमेरिका र ब्राजिललाई पनि उछिन्यो




काठमाडौं, साउन २२
भारतमा पछिल्लो २४ घण्टामा विश्वभरिमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। भारतमा हिजो सबैभन्दा धेरै अर्थात् अमेरिका र ब्राजिलभन्दा धेरै संक्रमित थपिएका हुन्।

कोरोना संक्रमणको अनुपातमा भारत अमेरिका र ब्राजिलपछि तेस्रो नम्बरमा छ । वल्डोमिटर्सको तथ्यांक अनुसार हिजो भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका छन्। सोही अवधिमा भारतमा कोभिड–१९ का कारण ९१९ जनाको मृत्यु भएको छ।

हिजो अमेरिकामा ५४ हजार ७३५ र ब्राजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए। यससँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख ७३ हजार १५५, ब्राजिलमा २८ लाख ६२ हजार ७६१, भारतमा १९ लाख ६३ हजार २३९, रुसमा आठ लाख ६६ हजार ६२७ जना पुगेको छ। 

यसैगरी, हालसम्म साउथ अफ्रिकामा पाँच लाख २९ हजार ८७७, मेक्सिकोमा चार लाख ४९ हजार ९६१, पेरुमा चार लाख ३९ हजार ८९०, चिलीमा तीन लाख ६४ हजार ७२३, स्पेनमा तीन लाख ५२ हजार ८४७ र कोलम्बियामा तीन लाख ४५ हजार ७१४ जना संक्रमण देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News