पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक


 


pakisrtan-maa-film-maa-roak

एजेन्सी ।

पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ  मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिक हरुलाई भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्