चीनले रोक्यो ब्रम्हपुत्रको पानी भारतमाथि दवाव


 


bramhaputr-nadi

एजेन्सी ।

उरी आक्रमणपछि चर्किएको भारत पाकिस्तान तनावका कारण भारतले पाकिस्तानलाई सिन्धु नदीको पानी रोक्ने धम्की दिइरहेका बेला चीनले ब्रम्हपुुत्र नदीको पानी रोकेर भारतमाथि दवाव सिर्जना गरेको छ ।

चीनले आफ्नो सबैभन्दा ठुलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्हपुत्र नदीको एक साहायक नदीको पानी रोकको बताइएको छ । चीनले चालेको यो कदमले भरतमा बग्ने नदीको पानीमा कमी आउने र भारका सिक्किम,अरुणाञ्चल, र आसाम लगायतका क्षेत्रमा पानीको वितरणमा कमी आउने बताइएको छ ।

चीनले उक्त हाइड्रो पावर ७ हजार ४ सय अमेरिकी डलरमा निर्माण गर्न लागेका र सन् २०१४ मा सुरु गरिएको निर्माण कार्य सन् २०१९ मा सक्ने लक्ष्य रहेको चिनियाँ सञ्चार माध्यमले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्