Deshko News
१४ आश्विन २०८०, आइतबार

आधा मिनेट हल्लियो पाकिस्तान, क्षति विवरण आउन बाँकी



pakistan-india-map

इस्लामावाद (पाकिस्तान), असोज १५

पाकिस्तानमा शनिबार मध्याह्न शक्तिशाली भूकम्प गएको छ । सो भूकम्प ५.५ रिक्टर स्केलको मापन गरिएको पाकिस्तान भूकम्प निरूपण केन्द्रले जनाएको छ । यस भूकम्पका कारण मानवीय र सपत्ति क्षतिको कुनै समाचार तत्काल प्राप्त भएको छैन ।

यस भूकम्पको केन्द्रविन्दु खैबर पाख्तुनख्वा प्रान्तको मन्सुहरा जिल्लाबाट ७५ किलोमिटर उत्तरपूर्वमा अवस्थित पतान क्षेत्रको आसपासमा नै १२ किलोमिटर गहिराइमा रहेको भूकम्प निरूपण केन्द्रले जानकारी दिएको छ । स्थानीय समाचारअनुसार शनिबार मध्याह्न करिब १ बजे गएको यस शक्तिशाली भूकम्पको कम्पन पाकिस्तानको राजधानी इस्लामावाद र पेसावरसहित उत्तरपूर्वी क्षेत्रहरू अबोत्तावाद, स्वात, गिल्जित र मन्सेहरा र पाकिस्तान प्रशासित कास्मिरका केही भागहरूमा पनि महसुस गरिएको थियो ।

यसअघि गतवर्ष अक्टोबर २६ तारिखमा गएको ७.५ रिक्टर स्केलको भूकम्प परी कम्तीमा २८० जनाको मृत्यु भएको थियो ।यसमा परी एक हजार ९०० जना घाइते हुनाका साथै एक लाखभन्दा बढी आवासीय भवन र करिब १५ सय विद्यालयहरू नष्ट भएका थिए ।

पाकिस्तानमा सन् २००५ को अक्टोबरमा गएको ७.४ रिक्टर स्केलको भूकम्पमा परी ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पका कारण लाखौँ व्यक्ति घरबारविहीन भएका थिए ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News