भाेजपुरमा ट्याक्टर दुर्घटना, दुई गम्भीर घाइते


 


भोजपुर, असोज १५

भाेजपुर सदरमुकाममा शनिबार ट्याक्टर दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् । बिहान भोटेपसलबाट सामान बोकेर चारभञ्ज्याङ निस्कँदै गरेको को २ त २७९५ नंम्बरकाे ट्याक्टर दुर्घटनामा परेको हाे । दुर्घटनामा घाइते आम्तेक गाविस–७ का अन्दाजी ५० वर्षीया लक्ष्मी खनाल र श्यामशीला गाविस–५ का ७२ वर्षीया चित्रदेवी भट्टराईको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसकेपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिएको छ ।

ट्याक्टर चालक मोरङका २५ वर्षीय गणेश गजमेरलाई आवश्यक कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ ।

प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्