रौतहटमा भैंसी व्यापारी र प्रहरीबीच दोहोरो झड्प, १२ राउण्ड हवाई फायर


 



रौतहट, साउन २९
रौतहटको सीमावर्ती राजपुर नगरपालिकामा भैसी व्यापारी र प्रहरीबीच दोहोरो झडप भएको छ । झडपमा प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना भाईरस महामारीको रुप लिएपछि गत चैत ११ गतेदेखि लगातार भारतीय सीमानामा पुर्णरुपमा निषेध गरिएको छ ।

त्यसलाई बेवास्ता गर्दै सिमापारीबाट ठूलो संख्यामा भैसी आएको सूचना पाउना साथ नियन्त्रणमा लिने क्रममा दिउँसो १२।४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय गौर र ईलाका प्रहरी कार्यालय राजपुरबाट गएको गस्तिटोली र तस्करबीच झडप भएको थियो ।

भारतबाट चोरिलुकी भित्रयाएको भैंसी नियन्त्रणमा लिन खोजेपछि भैसी व्यापारी र प्रहरीबीच राजपुर नगरपालिकामा झड्प भएको थियो । भारतसँग जोडिएका औरैया र रामपुर खापको चोर बाटो भएर व्यापारीहरुले ५८ वटा भैसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याएका थिए ।

कुडिया बजार नेपाल भारत सिमा क्षेत्र भन्दा करिव ५ किलोमिटर उत्तरमा रहेको बजार क्षेत्र हो । जहाँ राँगा भैसीहरु भारतबाट तस्करीको माध्यमबाट ल्याएर काठमाण्डौ, पोखरा लगायत मुलुकको विभिन्न स्थानमा पठाउने गरिन्छ ।

भैंसी ब्यापारी र प्रहरीबीच झडप भएको मौका छोपी भित्रयाइएको भैंसी सबै गाउँ गाउँ तिर भगाएको ईलाका प्रहरी कार्यालय राजपुरका सई दिपक गुप्ताले जनाएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्