ओली–प्रचण्ड वार्ता सहमतितर्फ, कार्यदल गठन गर्ने तयारी


 



काठमाडौं, साउन २९
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्ता सहमतितर्फ गएको छ ।

दुई नेताबीच सहमति खोज्नका लागि कार्यदल गठन गर्ने तयारी छ । प्रचण्ड अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई भेट्न बिहीबार बालुवाटार पुगेका थिए । चार घण्टासम्म भएको वार्तामा सहमतिका लागि कार्यदल गठन गर्ने निर्णय भएको छ ।

स्रोतका अनुसार ओलीले अध्यक्ष र प्रधानमन्त्री पद बाहेकका विषयमा सहमति गर्न प्रस्ताव गरेका छन् । बामदेव गौतमले राखेको प्रस्तावमा नै दुई अध्यक्षबीच कुराकानी भएको छ ।

स्रोतकाअनुसार चैतमा सहमतिका महाधिवेशन गर्ने, प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पार्टी चलाउने, मन्त्रिपरिषद् र आवश्यक भए प्रदेशका मुख्यमन्त्रीहरु पनि हेरफेर गर्ने प्रस्ताव आएको छ । पार्टीको समग्र विषयमा सहमति खोज्न कार्यदल बनाउन दुबै नेता सकारात्मक देखिएका छन् ।

प्रकाशित मिति: २९ श्रावण २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्