इस्लाम जिन्दाबाद लेखिएकाे बेलुनमा माेदीलार्इ कडा सन्देश
एजेन्सी, असाेज १६
पञ्जाव दिनानगरको गाउँ घेसलमा शंकास्पद बेलुन भेटिएको समाचार भारतीय मिडियाले लेखेका छन्। यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लागि उर्दुमा सन्देश लेखिएको बताइएको छ । यो बेलुन बोर्डर पारीबाट उड्दै आएको मानिएको छ ।
अघिल्लो वर्ष दिनानगरमा आतंककारी आक्रमण भएको थियो। अनि यस्ता बेलुन पहिले पनि भेटिने गरेका थिए। पहेंलो रंगको बेलुनमा टासिएको कागजको एक टुक्रामा उर्दुमा लेखिएको छ, ‘मोदीजी, अयूबीको तरबार हामीसंग छ। इस्लाम जिन्दाबाद।’ बेलुनमा पाकिस्तानी झण्डाको तस्बिर र ‘आइ लव पाकिस्तान’ लेखिएको बताइएको छ ।