Deshko News
१४ मंसिर २०८०, बिहिबार

सुदूरपश्चिममा कांग्रेस संसदीय दलले गर्यो विषयगत समिति सदस्य हेरफेर


 



धनगढी, साउन ३१
सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले विषयगत समिति सदस्य हेरफेर गरेको छ ।

समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले विषयगत समिति सदस्य हेरफेर गरेको हो ।

सार्वजनिक लेखा समितिका भरतबहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् । यस्तै अर्थ विकास समितिका गोबिन्दराज बोहरा र सामाजिक समितिका दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।

कांग्रेस संसदीय दलका नेता डा।रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एकअर्काको सहमतिमै हेरफेर गरिएको बताए ।

प्रकाशित मिति: ३१ श्रावण २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्