सुनको मूल्य आज पनि घट्यो

काठमाडौं, भदौ १
बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा झरेको छ ।
सुन हिजो प्रतितोला ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । सुन हिजो पनि तोलामा दुई सय रुपैयाँ नै घटेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार तीन १५ रुपैयाँमा झरेको नेपाल सुन चादी ब्यवसायी महासङ्घ्ले जनाको छ।






