भारतको झारखण्डमा प्रहरीको गोलीबाट चारको मृत्यु



नयाँ दिल्ली, असोज १६

पूर्वी भारतको झारखण्ड राज्यमा प्रहरीले गोली प्रहारबाट चार गाउँलेको मृत्यु भएको छ । यस घटनामा परी प्रहरीअधिकारीसहित १२ भन्दाबढी घाइते भएका सरकारी अधिकारीहरुले आइतबार जनाएका छन् ।

‘नेसनल थर्मल पावर कर्पोरेसन’ स्थापना गर्न लागिएको विरुद्धमा स्थानीयबासीले गरेको आन्दोलन क्रममा प्रहरीद्वारा जारी कारबाहीमा ती सर्वसाधारणको मृत्यु भएको बताइएको छ । झारखण्ड राज्यको प्रान्तीय राजधानी राँचीदेखि ८० किलोमिटर उत्तरतर्फ हजारीबाघ जिल्लाको बार्कागाओन क्षेत्रमा सो घटना भएको हो ।

सो आन्दोलनको काँग्रेस पार्टीका सांसदले नेतृत्व गरेका थिए । स्थानीय सञ्चार माध्यमहरुका अनुसार सो कर्पोरेसनका विरुद्धमा सन् २००४ देखि आन्दोलन हुदैआएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News