डब्लूएचओले भन्यो- कोरोना भाइरस छिटै हराउँछ


 



एजेन्सी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरस सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने आशा व्यक्त गरेको छ ।

डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले कोरोना महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने बताए।

उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो। तर उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वास उनले व्यक्त गरेका छन्। 

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् दुई वर्षभन्दा बढी समयसम्म रहेको थियो। त्यसले विश्वका २ करोड मानिसको ज्यान लिएको थियो। बीबीसी

प्रकाशित मिति: ६ भाद्र २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्