भारतीय सेनाको क्याम्पमा आक्रमण, तीनकाे मृत्यु


 


kasmirनयाँदिल्ली, असाेज १७

भारत कश्मिरको बारामुलामा भारतीय सेनाको ४६ राइफल्स क्याम्पमा आइतबार राति आक्रमण भएको छ । आइतबार राति १० बजेर ३० मिनेटको समयमा चरमपन्थीले आक्रमण गरेका हुन् ।

आक्रमणकारीले भारतीय सेनाको क्याम्पमा गोलीसँगै ग्रिनेड हानेका थिए । यो हमलामा उरीमा जस्तै कम्तिमा पनि चारजना संलग्न भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हमलापछि राष्ट्रिय राइफल्सका कमाण्डो र सीमा सुरक्षा बल (बीएसएफ) का जवाहरुले आक्रमणकारीको खोजी गरिरहेका छन् । आक्रमणपछि भएको भिडन्तका क्रममा एकजना भारतीय सैनिक र दुईजना आक्रमणकारी मारिएका छन् ।

यसअघि १८ सेप्टेम्बरमा कश्मिरको उरीस्थित सेनाको ब्रिगेडमा भएको हमलामा १९ जना भारतीय सैनिक मारिएका थिए । सोमवार बिहान १ बजेर २० मिनेटमा मात्रै भिडन्त सकिएको थियो । अहिले पनि सर्च अप्रेशन जारी रहेको छ ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्