पाकिस्तानी सेनाले भारतमाथि जवाफी कारबाही थाल्नुपर्छःपूर्व राष्ट्रपति मुसर्रफ


 


pervez-musharraf

काठमाडौं,  असोज १७

पाकिस्तानका पूर्व राष्ट्रपति एवं पूर्व सेना प्रमुख परवेज मुसर्रफले पाकिस्तानले भारतमाथि जवाफी कारबाही सुरु गर्नुपर्ने बताएका छन् ।

वासिङटन आइडियाज फोरममा बोल्दै उनले यदि आफू अहिले सेना प्रमुख भइदिएको भए भारतमाथि जवाफी कारबाही गरिसक्ने बताए ।

भारतले कुनैपनि बेला आक्रमण गर्ने डरले चुप लागेर बस्नु पाकिस्तानको पक्षमा नभएको भन्दै उनले पाकिस्तानका प्रधानमन्त्री, रक्षामन्त्री, सेनापति र सबैले यो गम्भीर आवस्था हो भनेर स्वीकार गरेपनि उनीहरु मौन बसेका छन् भनेर आलोचना गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पूर्वराष्ट्रपति परवेजले प्रश्न गरे, पाकिस्तानले यस्तो आवस्थामा के गर्छ रु आफुले चाहेको बेला चाहेको ठाउँमा आक्रमण गर्न सक्ने भनेर पाकिस्तानी अधिकारीहरु बोल्छन् मात्रै, यस्तो भनेर बोल्नु मात्रै उचित नभएको र यस्ता भनाइले द्वन्द्वको सम्भावना मात्र बढाउने दावी गरेका थिए ।

भारतमा युद्धको भुत चढेको आरोप लगाउँदै उसले सधैँ यस्ता गतिविधि गरिरहने हुनाले यस्ता गतिविधिप्रति गतिलो जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्