भारतमा आतंकवादी आइएसका ६ कार्यकर्ता पक्राउ



ladaku-isi

काठमाडौं, असोज १७

भारत र पाकिस्तानबीच तनाव चर्किएकाबेला विश्वकै खतरनाक आतंकवादी संगठन आइएसका कार्यकर्ता पक्राउ परेका छन् ।

भारत र पाकिस्तानबीच तनाव चर्किएकै बेला भारतको केरलाबाट ६ जना आइएसका कार्यकर्ता पक्राउ परेपछि भारतमा खैलाबैला मच्चिएको छ ।

यसअघि नै भारतविरुद्ध युद्धको  घोषणा गरिसकेका आइएस कार्यकर्ता ठिक पाकिस्तानसँग युद्धको अवस्था देखिएकै बेला पक्राउ परेपछि भारतमा सुरक्षा सतर्कता कडा बनाइएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही समय अघि आइएसले आफ्नो पुस्तक ‘फ्युचर इस्लामिक स्टेट ब्याटल्स’मा भारतविरुद्ध युद्धको घोषणा गरेको थियो ।

आतंकवादी संगठन आइएसले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको नाम लिएर हिन्दू राष्ट्रवादीलाई तह लगाउने चेतावनी दिएका थिए । मोदीलाई आइएसका शत्रु घोषणा गर्दै मोदीले हतियारको पूजा गर्ने र आफ्ना मान्छेलाई मुश्लिमविरुद्ध लड्न उक्साउने आरोप लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News