भारत र पाकिस्तानका सुरक्षा सल्लाहकारहरुबीच वार्ता, भयो नयाँ सहमति ?


 


modi-nawaz-sarif-650x389

काठमाडौं, असोज १७

भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकारबीच फोन वार्ता भएको भारतको सरकारी समाचार एजेन्सी पीटीआइले जनाएको छ ।

फोन वार्तामा दुबै देशको सीमा नियन्त्रण रेखामा तनाव कम गर्ने सहमति भएको छ ।

भारतले पाकिस्तानको सीमा भित्र छिरेर सर्जिकल स्ट्राइक गरेको बताएपछि दुबै देशबीच तनाव झनै चर्किएका बेला यस्तो सहमति भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफका विदेश मामिला सल्लाहकार सरताज अजिजले पाकिस्तानको एक सञ्चारमाध्यमसँग कुरा गर्दै दुबै देशका सुरक्षा सल्लाहकारबीच सीमामा देखिएको तनाव कम गर्ने विषयमा सहमत भएको बताए ।

उनले आफूहरु तनाव कम गर्ने पक्षमा भएपनि भारतले सीमामा तनाव बढाएर विश्वको ध्यान कश्मिरमा पुगाएको आरोप लगाए ।

प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्