चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार जापानका वैज्ञानिक ओशुमिलाई


 


yoshinori-ohsumiस्टकहोम, असोज १८

यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान गरिने घोषणा गरिएको छ । मानव शरीरका कोष (सेल) हरू एकले अर्कोलाई आहारा बनाउँदै आफ्नो कोष आफैँ खान्छन् । यस प्रकारको स्वचालित प्रक्रियालाई “अटोफेगी” भनिने र यस प्रक्रिया सञ्चालित हँुदा बीचमा कुनै गडबडी वा अवरोध उत्पन्न भएमा मानव शरीरमा पार्किन्सन्स र मधुमेह जस्ता रोग लाग्न सक्छ भन्ने जापानी वैज्ञानिक योशिनोरीको अनुसन्धान कार्यलाई निर्णायक समितिले सर्वाेत्कृष्ट ठह¥याई भौतिक शास्त्र तथा चिकित्सातर्फको पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

उहाँहरूको संयुक्त अनुसन्धानले मानवजाति तथा जनावरहरूको शारीरिक कोषले शरीरलाई अक्सिजनको मात्रा पर्याप्त नभएको वा कम भएको भन्ने थाहा पाउने वा चेतना जगाउने ‘हिपोक्सिया’ प्रक्रियामा सक्रिय रूपले भाग लिन्छन् भन्ने तथ्य पत्ता लगाएको थियो ।

शारीरिक कोषहरूले यसरी सक्रिय रूपले भाग लिने प्रक्रियालाई ‘मोलिक्युलर मेकानिजम्’ भन्ने नाम दिइएको छ ।

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्