भारतीय सैनिक क्याम्पमा फेरि आक्रमण


 


एजेन्सी , असोज २०

भारत प्रशासित काश्मिरको हंदवाडास्थित सैनिक क्याम्प बिहीबार विहानै आतंकारीले आक्रमण गरेका छन् । समाचार एजेन्सीहरूले जनाएका अनुसार बिहीबार विहान ५ वजे कुपवाडा जिल्लाको लांगेटमा रहेको सैनिक क्याम्पमा आतंककारीले धावा बोलेको र भारतीय सैनिकले त्यसको जवाफ दिएको छ ।

दुई तर्फी गोली हानाहानको क्रम करिव २० मिनेट चलेको भए पनि कसैको हताहतीको समाचार प्राप्त नभएको बताइएको छ । उरी हमलाछि सजग रहेका सेनाले कडा जवाफ फर्काएर आक्रमण विफल बनाएको उल्लेख गर्दै समाचार एजेन्सीले अहिले सो क्षेत्रमा व्यापक अप्रेशन चलाइएको जनाएको छ ।

उरी आक्रमणपछिको यो आतंककारीले भारतीय सैनिक क्याम्पमा गरेको यो दोश्रो आक्रमण हो । सोमबार मात्र वारामूला क्षेत्रमा रहेको सैनिक क्याम्पमा प उनि यस्तै आक्रमण भएको थियो । उरी आक्रमणपछि भारत — पाकिस्तानवीच तनाव कायम छ ।

प्रकाशित मिति: २० आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्