सुनसहित सीमा नाकाबाट दुई जना पक्राउ




धनगढी, असोज ११
सुनका गहनासहित कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारबाट प्रहरीले दुई नालाई पक्राउ गरेको छ ।

उनीहरुका साथमा प्रहरीले भारतबाट ल्याउँदै गरेको सुनका गहना गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका वडा नम्बर २ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

उनका अनुसार दुवै जनाबाट ४ सय ४० ग्राम ६ सय ३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्