म्याथुले लियो तीन सय जना भन्दा बढीको ज्यान


 


एजेन्सी ।

हैटीमा म्याथुनामक आँधीका कारण मृत्यु हुने नागरिकको सङ्ख्या ३०० पुगेको यहाँको प्रशासनले बिहीबार जनाएको छ। गत मङ्गलबार अकस्मात क्यारेवियन क्षेत्रमा आएको सो आँधीका कारण यसक्षेत्रमा दर्जनौ मानिस वेपत्ता भएका छन् ।

हैटीको पनि आँधीबाट अति प्रभावित दक्षिणी क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयको हताहती भएको र लाखौँ मानिस विस्थापित बनेका छन् ।

म्याथुका कारण हैटीमा करिव २९ हजार घरहरु पूर्णरुपमा भत्किएको वा पानी र लेदोले पुरिएका छन् । हैटीको दक्षिणी शहर जेरमीमा आँधीले व्यापक विपत्ति निम्त्याएको छ । यस सहरमा प्रायः सबै घर आँधीका कारण भत्किएका छन् । आँधीका कारण उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा चौपायाहरुको मृत्यु भएपछि र विस्तारै मृत जनावरका शरिर सड्न थालेपछि यस क्षेत्रमा रोगको महामारी आउन सक्ने डरमा जीवित स्थानीयहरु आतङ्कित बनेका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि काम गर्ने संसथाले हैटीमा मात्र तीन लाख ५० हजार मानिस खाद्यान्न, औषधिलगायतका आधारभूत सामग्रीको रहेको रहेको बताएको छ ।

आँधीका कारण हैटीका विभिन्न नदीहरुका पुल, तथा सडक सञ्चाज भत्किएका साथै नीजि तथा सार्वजनिक भवन र तरकारी तथा अन्य बालीको समेत नष्ट भएको भन्दै प्रभावित क्षेत्रमा प्राकृतिक विपदको अवस्था आएको भन्दै यहाँको सरकारले आ–आफ्नो क्षेत्रमा रहेर विपद्को सामानाका लागि पहल गर्न आग्रह गरेको छ ।

म्याधुको प्रभाव हैटीबाट क्युवा हुँदै अमेरिकी शहर फ्लोरिडासम्म पुगेको बताइएको छ । क्यूवामा करिव १३ लाख मानिसलाई आँधीबाट सुरक्षित राख्न समुद्री तटदेखि टाढा टाढाका स्थानमा स्थानान्तरण गरी शिविरमा राखिएको बताइएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्