अमेरिकालाई पाकिस्तानको चेतावनी, हतियार नदिए रुसबाट ल्याउने


 


काठमाडौं, असोज २१

पाकिस्तानले अमेरिकालाई काश्मिर मामिलामा आफूलाई साथ नदिए रुसबाट हतियार ल्याउने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफका विशेष दूतका रुपमा अमेरिका पुगेका मुसाहिद हुसेन सैयदले काश्मिर मामलामा अमेरिकाले पाकिस्तानलाई साथ नदिए पाकिस्तानले रुस र चीनसँग गुहार माग्ने बताए ।

अमेरिका अब महाशक्ति नरहेको टिप्पणी गर्दै उनले भने– ‘अमेरिका अब महाशक्ति छैन। उसको शक्ति कमजोर भइसक्यो। तपाई अमेरिकालाई बिर्सनुस् ।’ रुस पहिलो पटक पाकिस्तानलाई हतियार बेच्न तयार भएको छ र चीन पाकिस्तानको एकदमै नजिकको मित्र भएको भन्दै उनले बद्लिएको क्षेत्रीय समिकरणको ज्ञान राख्न अमेरिकालाई सुझाव पनि दिए ।

प्रकाशित मिति: २१ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्