चिकित्सकमा कोरोना देखिएपछि अस्पतालनै बन्द




लहान, असोज २८
चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घन्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ। अस्पतालले आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गर्ने अस्पतालका प्रमुख डा। सुनिलप्रसाद कुशवाहाले बताए ।

उनले अस्पतालका अन्य केही कर्मचारीमा पनि कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News