दक्षिणी कश्मिरमा पुनः चरमपन्थी हमला


 


  बीबीसी, असोज २२

भारत प्रशासित कश्मिरको दक्षिणी जिल्ला शोपियांमा चरमपन्थी हमलामा तीन घाइते भएका छन् । बीबीसी संवाददाता रियाज मसरुरले पुलिसको हवाला दिँदै चरमपन्थीहरुले जामनगरीमा कश्मिर पीडितको शिविरमा गार्ड पोष्टमा हमला गरेको बताए ।

यो हमला शुक्रबार राती १० देखि १०ः१५ को बिचमा गरिएको बताइएको छ । हमलापछि चरमपन्थी भाग्न सफल भएको स्रोत बताउँछ ।पुलिसका अनुसार घाइते भएका मध्ये दुई पुलिसकर्मी र एक कश्मिरी पिडित रहेका छन् । यी सबैको स्थिती स्थिर रहेको बीबीसीले बताएको छ ।

प्रकाशित मिति: २२ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्