आईपीएल फाइनल: मुम्बई र दिल्ली भिड्दै


 


काठमाडौं, कार्तिक २५
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ ।

मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स यसअघि फाइनल जितेकाे थियाे।

फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ ।

सविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं पटक हो । यसअघि १२ औं संस्करणसम्म फाइनल पुग्न नसकेको दिल्ली पहिलो पटक फाइनल पुग्दै इतिहास रच्न सफल भएको छ ।

अब उपाधि जित्दै अर्को इतिहास बनाउन चाहन्छ । तर सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बईलाई हराउनु दिल्लीका लागि सजिलो भने पक्कै छैन ।

प्रकाशित मिति: २५ कार्तिक २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्