भारतीय सेनाद्धारा पाकिस्तानमा हमला, २० पाकिस्तानीको मृत्यु


 


indian-army

एजेन्सी ।

भारतीय सेनाले गरेको हमलामा पाकिस्तानकामा २० जनाको ज्यान गएको छ ।

भारतीय प्रशासित काश्मिरको उत्तरी क्षेत्रमा सोमबार बिहान भएको हमलामा पाकिस्तानकामा सक्रिय विद्रोही समूह लस्कर ए तोयबाका २० सैनिकको मृत्यु भएको र आक्रमणपछि अरुहरु पाकिस्तानी क्षेत्रतिर भागेका भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाले यस घटनालाईलाई सफलताको रुपमा लिएको र पाकिस्तानी सेनाले कम्तिमा १० जना विद्रोहीको ज्यान गएको जनाएको छ ।

सबैको शव पाकिस्तानी सेनाले लगिसकेको समाचारमा उल्लेख गरिएकोछ । पछिल्ला दिनमा भारत र पाकिस्तान बीचको तनाव बढ्दै गएका बेला भारतीय पक्षले पाकिस्तानमा सक्रिय समूहलाई यसरी पहिलोपटक आक्रमण गरेको हो ।

प्रकाशित मिति: २५ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्