महिला विश्वकप क्रिकेट : नेपालद्धारा हङकङ ६ रनले पराजित


 


काठमाडौं, असोज २७

आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपालले हङकङलाई ६ रनले प्राजित गरेको छ ।

नेपाले दिएको ७६ रनको लक्ष्य पछ्याएको हङकङले १७ दशमलव ४ ओभरमा अल आउट हुँदै ६९ रन मात्र बनाउन सक्यो । यो जित सँगै नेपालको विश्वकप छनौट खेल्ने संभावना कायम रहेको छ ।

हङकङलाई अल आउट गर्न करुण भण्डारीले ३ तथा सिता राना मगरले २ विकेट लिइन् । सबनाम राई, निर्मला कुमारी र रुबिना क्षेत्रीले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको थियो । नेपालकी करुणा भण्डारीले १९, इन्दु वर्माले १५, ज्योती पाण्डेले ११ तथा नेरी थापाले १० रन बनाइन् ।

नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको थियो । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

समान ४ खेलबाट थाईल्याण्डको ६ , नेपाल र हङकङको ४ अंक तथा चीनको २ अंक मात्र छ ।

प्रकाशित मिति: २७ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्