म्याराडोनालाई सम्झँदै मेसीले लेखे यस्ताे भावुक स्ट्याटस


 


काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएको थियो । उनको सम्झनामा अर्का फूटबलर लियोनल मेसीले भावुक स्ट्याटस लेखेका छन् ।

सामाजिक सञ्जाल इन्स्ट्राग्राममा मेसीले लेखेका छन्,‘सबै अर्जेन्टिनी र फुटबलको लागि ज्यादै आज निकै दुखको दिन हो । उनले हामीलाई छोडेर गए तर हामीबाट टाढा भएका छैनन् । किनकी डिएगो म्याराडोना शास्वत हुन् । म उहाँसँगका सबै सुन्दर क्षणहरु सम्हालेर राख्छु । आफ्ना सबै परिवारलाई समवेदना पठाउने समय चाहान्छु । श्रद्धाञ्जली !’

अर्जेन्टिनाको टिग्रेस्थित आफ्नै घरमा ‘कार्डियाक अरेस्ट’का कारण उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । उनलाई मस्तिष्कसम्बन्धी समस्या पनि थियो ।

म्याराडोनाकै नेतृत्वमा सन् १९८६ को विश्वकप फुटबल प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो। सन् १९९० को विश्वकप फुटबलमा दोस्रो स्थान प्राप्त गरेको थियो। उनी विश्वकै महान् खेलाडीको रूपमा चिनिन्थे । उनको जन्म सन् १९६० अक्टोबर ३० मा उनको भएको थियो ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्