अमेरिकामा एकैदिन दुई लाख व्यक्तिमा कोरोना संक्रमण


 



काठमाडौं, मंसिर २३
अमेरिकामा एकैदिन झण्डै दुई लाख व्यक्तिमा कोरोना संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएको छ । यससँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५३ लाख ६९ हजार ४६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ८२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६० लाख ९६ हजार ३५७ जनामध्ये २६ हजार ४५५ जनाको अवस्था गम्भीर रहेको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ९० हजार नाघेको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५०८ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ९० हजार ४४३ पुगेको छ ।

प्रकाशित मिति: २३ मंसिर २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्