चेल्सी वल्भ्ससँग स्तब्ध, सिटी रोकियो


 


एजेन्सी, पाैष १
इंग्लिस प्रिमियर लिगमा चेल्सी वल्भ्ससँग स्तब्ध बन्दा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग बराबरीमा रोकिएको छ । चेल्सीले एक गोलले लिएको अग्रता जोगाउन नसक्दा २–१ ले स्तब्ध बन्न पुगेको छ । प्रिमियर लिगमा चेल्सीको यो लगातार दोस्रो हार हो । यसअघि चेल्सी एभर्टनसँग १–० ले स्तब्ध बनेको थियो ।

वल्भ्समा मंगलबार राति भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । ४९औं मिनेटमा ओलिभर जिरुउडको गोलबाट अग्रता लिएको थियो । उनले बेन चिलवेलको पासमा गोल गरेका थिए ।

६६औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले ओवेन ओटासोवीको पासमा गोल गरेका थिए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको थप गरिएको छैटौ मिनेटमा पेड्रो नेटोले भिटिन्हाको पासमा गोल गर्दै चेल्सीलाई २–१ ले स्तब्ध पारे । बल पोसेसनमा चेल्सीले पकड बनाएपनि फिनिसिङ गर्न नसक्दा चेल्सी पराजित हुन पुग्यो।

यो हारसँगै चेल्सीले यो बराबरीसँगै चेल्सीले शीर्षस्थानको टोटेनहम र लिभरपुलसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाउदा पाँचौ स्थानमा यथावत रहेको छ । चेल्सीको १३ खेलबाट २२ अंक रहेको छ । शीर्षस्थानको टोटेनहम र लिभरपुलको २५ अंक रहेको छ । तेस्रो स्थानको लेस्टर सिटीको २४ तथा चौथो स्थानको साउथह्याम्टनको २३ अंक छ । वल्भ्स २० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमसँग १–१ गोलको बराबरीमा रोकिएको छ । इल्केए गुन्डोगानको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको सिटी ४३औं मिनेटमा रुवेन डियासको आत्मघाती गोलबाट बराबरीमा पुगेको थियो । यो बराबरीसँगै सिटी २० अंक जोडेर छैटौं स्थानमा यथावत छ । वेस्ट ब्रुम ७ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्