अब घरमै पनि कोरोना टेस्ट गर्न सकिने


 



काठमाडौं, पौष १
अष्ट्रेलियाले कोरोनाको होम टेस्ट कीट अर्थात घरमै कोरोना परीक्षण गर्न सकिने किट तयार पारेको छ । अमेरिकी सरकारले पनि यसलाई आफ्नो देशमा प्रयोग गर्न अनुमति दिएको छ ।

यो प्रयोगबाट २० मिनेटमै कोरोना टेस्टको रिपोर्ट आउने अमेरिकामा भएको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले एक बयानामा बताएको छ । यसको लागि स्मार्टफोज एपको आवश्यक रहन्छ । स्मार्टफोन एपको सहयोगबाट यूजरको केहि जानकारी दिनुपर्ने हुन्छ ।

अष्ट्रेलियामा हालसम्म ९०८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ भने २८ हजार ५६ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रकाशित मिति: १ पुस २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्