काठमाडौंमा तत्काल विद्यालय नखुल्ने


 



काठमाडौं, पौष २
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय थप केही समय बन्दै रहने भएका हुन् । केही विद्यालय खुल्न थालेको सन्दर्भमा काठमाडौं महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो ।

महानगरपालिका शिक्षा विभागले बुधबार जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफल गरेपछि उक्त निर्णय गरेको हो । विदेशका धेरै सहरहरुमा पनि कोभिडका कारण विद्यालय बन्द भएकोले नेपालमा पनि जोखिम कायम रहेको अवस्थामा विद्यालय खोल्न नहुने सल्लाह छलफलमा सहभागीले दिएका थिए ।

जाडो बढ्दै गएकोले पनि जोखिम बढ्न सक्ने सम्भावना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । उनले अझै केही समय अनलाइन कक्षा प्रभावकारी बनाउनुपर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले उपत्यकामा मात्रै पुस महिनाभित्र ५० हजारको ‘एन्टिजेन टेस्ट’ गर्ने भनेकोले पनि यसपछि अवस्था हेरेर निर्णय गर्न सकिने महानगरको जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्