सिटीद्वारा चेल्सी पराजित


 


लन्डन, पाैष २०
म्यानचेस्टर सिटीले आक्रामक फुटबलको नमुना पेस गर्दै आइतबार इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेकाे छ।

सिटीले चेल्सीलाई ३–१ ले हराएको छ । स्टायमफोर्ड ब्रिजमा बेहोरेको यो हारले चेल्सी व्यवस्थापक फ्रायन्क लाम्पार्डमाथि भने दबाब बढेको छ ।

कोभिड १९ संक्रमणका कारण आफ्ना केही प्रमुख खेलाडीबिना उत्रिएको सिटीले पहिलो हाफमा १६ मिनेटको अन्तरमा तीन गोल गरेको थियो । त्यसमा इल्केयी गुन्डोगन, फिल फोडेन र केभिन डे ब्रुएनाले गोल गरे ।

चेल्सीका लागि कलम हडसन ओडोइले एक गोल फर्काए । यो जितपछि सिटी अंक तालिकको पाँचौं स्थानमा उक्लेको छ । यो शीर्ष स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर युनाइटेडसँग चार अंकको दूरी हो ।

सिटीको १५ खेलबाट २९ अंक भएको छ । लिगमा आइतबार भएको अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २–१ ले हरायो । लेस्टर ३२ अंकमा तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्