जम्मुमा फेरी फायरिङ, भारतीय व्यारेक पाकिस्तानको निशानामा एक भारतीय जवान मारिए


 


 एजेन्सी, कार्तिक १

जम्मुमा लाइन अफ कन्ट्रोल नजिक पाकिस्तानी सेनाले गोली हान्दा एक भारतीय सेनाको मृत्यु भएको छ। जम्मुको राजौरी क्षेत्रमा पाकिस्तानी पक्षले चलाएको गोली लागि सुदेश कुमार नाम गरेका जवानको मृत्यु भएको भारतीय सेनाले पुष्टी गरेको छ।

आफ्नै ब्यारेकमा रहेका २४ वर्ष ती जवान आइतबार बेलुकी करिब ५ बजे मारिएका थिए। आइतबार दुवै पक्षबीच केही बेर फायरिङ समेत भएको भारतीय मिडियाले जनाएका छन्। पछिल्लो २४ घण्टा पाकिस्तानले एलओसी सिजफायर उल्लघंन गरेको यो दोस्रो पटक भएको बताइएको छ।

प्रकाशित मिति: १ कार्तिक २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्