नर्वेमा कोरोनाविरुद्धका खोप लगाएका २९ जनाको मृत्यु


 



एजेन्सी
नर्वेमा कोरोनाविरुद्धको खोप लगाएका २९ जनाको मृत्यु भएको छ । फाइजर र बायोएनटेकले उत्पादन गरेको कोरोना खोप लगाएका व्यक्तिको मृत्यु भएको नर्वे सरकारले जनाएको छ ।

नर्वेमा नयाँ वर्ष मनाएको चार दिनपछि ७५ वर्षभन्दा माथिकालाई जोखिममा रहेको समूह मानेर पहिलो चरणको कोरोना खोप दिइएको थियो । त्यहाँ एकै दिन ३३ हजार मानिसलाई कोरोनाविरुद्धको खोप दिइएको थियो ।

नर्वेमा अहिलेसम्म ४२ हजार जनालाई खोप लगाइसकिएको छ । खोप दिएकामध्ये केहीलाई साइडइफेक्ट देखिएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । नर्वेको मेडिकल एजेन्सीले ब्लुमबर्गलाई दिएको लिखित जवाफमा भ्याक्सिनकै कारणले मृत्यु भएको उल्लेख छ । मृतकमध्ये अधिकांश मुटु रोगीसमेत रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

यो खबरले चिन्तित भए पनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको नर्वे सरकारले बताएको छ । नर्वेजियन सरकारले यसको थप अनुसन्धान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्