नेपालमा देखियो तीन जनामा नयाँ प्रजातिको कोरोना


 



काठमाडौं, माघ ५
नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको छ ।

२८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । मन्त्रालयकाअनुसार तीन जनामध्ये २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपछि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभनै रहेको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु तीनै जना बेलायतबाट नेपाल आएका व्यक्ति हुन् ।

प्रकाशित मिति: ५ माघ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्