फुटपाथमा सुतेका मजदुरमाथि चल्यो ट्रक, १५ जनाको मृत्यु


 



काठमाडौं, माघ ६
भारतको गुजरातमा फुटपाथमा सुतेका मजुदरमाथि ट्रक चलेको छ । ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ।

गुजरातको सुरत भन्ने स्थानको सडक किनारमा सुतिरहेका मजदुरहरुमाथि एक ट्रक अनियन्त्रित भइ गुडेको थियो ।

यो घटनामा १५ जनाको मृत्यु भएको र सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । १३ जनाको घटनास्थलमै र २ जनाको सुरतस्थित स्मीमेर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उखु लोड गरेको ट्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको र पुटपाथमा सुतिरहेका मजदुरहरुलाई कुल्चिएको प्रहरीको भनाइ छ । ट्रकको ठक्करबाट सडक किनारका केही पसलका सटर पनि भत्किएका छन् ।

प्रकाशित मिति: ६ माघ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्